आलियाले रणवीरसँगको फोटो पोस्ट गर्दा फ्यानहरुले भने : रणवीरदेखि टाढै रहनु

 असोज १, २०७५ सोमबार १६:४४:७ | एजेन्सी
unn.prixa.net

निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ को छायाँकंन सकिएपछि आलिया भट्टले रणवीर कपूर र अयान मुखर्जीका साथ पार्टी गदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

the one with all the joy 😇💥

A post shared by Alia ✨⭐️ (@aliaabhatt) on

आलिया र रणवीर फिल्म ‘ब्रम्हास्त्र’ मा एक साथ जोडीको रुपमा देखिनेछन् भने वास्तविक जीवनमा पनि यी दुवै प्रेम सम्बन्धमा छन । लामो समयदेखि बुल्गेरियामा फिल्म ‘ब्रम्हास्त्र’ को सेटमा एक साथ काम गरिरहेका यी दुवै फिल्मको सेट बाहेक मूभी र डिनर डेटमा व्यक्तिगत समय पनि बिताइरहेका छन् । खबरहरुका अनुसार रणवीर कपूर र आलिया भट्ट छिट्टै नै विवाह गर्न चाहेको भन्ने पनि बताइएको छ । 

आलियाले सामाजिक सञ्जालमा रणवीरका साथमा रहेको फोटो पोस्ट गरेपछि रणवीरकी आमा नितु कपूरले गरेको कमेन्टले सबैको ध्यान आकर्षित गरेको छ ।

अहिलेसम्म आलियाको यस पोस्टमा १५ लाख भन्दा बढीले लाइक गरेका छन् ।  साथै आलिया र रणवीरको जोडीलाई ट्रोल गर्न सुरु गरिएको छ ।  

एक यूजरले लेखेका छन ‘रणवीर तपाईँको लागि ठिक छैन । सिद्धार्थ मल्होत्रासँगको तपाईँको जोडी राम्रो थियो ।’

यस्तै अर्काले लेखेका छन्, ‘आलिया तपाईँ एक असल अभिनेत्री हो । क्षमतावान पनि हुनुहुन्छ । तर किन रणवीर जस्तो धोकेवाजको पछि लागिराखेको ? 

र अर्काले लेखेका छन् ‘कृपया यो रणवीरदेखि टाढा रहनु । रणवीरु कपूर धोकेवाज हो । दीपिका र कट्रिनापछि अब उ तपाईँको पछि लागेको छ ।’

आलिया रणवीरको जोडीलाई जो सुकैले जति ट्रोल गरे पनि आलिया र रणवीर यतिबेला एकअर्काको गहिरो प्रेममा छन् । सामाजिक सञ्जाल प्रयोग नगर्ने रणवीर कपूरलाई आजभोलि आलियाको इन्स्टाग्राममा सजिलै देख्न सकिन्छ । पछिल्लो समयमा आलियाले आफ्ना फोटोहरु पोष्ट गर्दा समेत रणवीर कपूरले खिचेको भन्दै आरके नामलाई मेन्सन गरिरहेकी हुन्छिन् । 

केही समयअघि रणवीर कपूरले पनि एक कार्यक्रममा आलिया आफ्नो जीवनमा आएपछि आफूमा सकारात्मक परिवर्तन आएको बताएका थिए । रणवीरका बुवा ऋषि कपूरले समेत आलिया आफू र नितुलाई मन परेको बताएका थिए । साथै छोरा रणवीरले आफ्नी प्रेमिकाका साथ छिट्टै विवाह गरेको हेर्न चाहेको बताएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया