उदयपुरमा जीप दुर्घटना : २ अष्ट्रेलियन नागरिकको मृत्यु, ७ घाइते

 असोज १, २०७५ सोमबार १९:०:२९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर –  उदयपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी मेघराज अधिकारीका अनुसार काठमाडौंबाट  कटारी हुँदै ओखलढुंगातर्फ जाँदै गरेको ना १ ज ८९६९ नम्बरको टाटा सुमो कटारी नगरपालिका वडा नं. १४ घुर्मीमा दुर्घटना हुँदा २ अष्ट्रेलियन नगरिकको मृत्यु भएको छ । 

दुर्घटनामा परि अष्ट्रेलियन नागरिकहरु ६५ वर्षीया हुसो कान्तको घटनास्थलमै र ७० वर्षीय हुसेक रुडालको उपचारका क्रममा ज्यान गएको डीएसपी अधिकारीले जानकारी दिनुभयो । 

दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन ।

घाइतेहरुमध्ये एक जनाको स्थानीय क्लिनिकमा उपचार भैरहेको छ भने अन्य ७ जनाको उद्धार गरि उपचारका लागि काठमाडौं लगिएको छ । 
    
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया