अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं – बुधबारदेखि काठमाडौंमा आयोजना हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि सबै टिम काठमाडौं आइपुगेका छन् ।
छनोट चरणको समूह ईमा नेपाल सहित मलेसिया, फिलिपिन्स र माल्दिभ्स छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै सबै तयारी पूरा भएको जनाएको छ । खेलहरु हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्नेछ । दोस्रो खेल म्यानमारविरुद्ध शुक्रबार हुनेछ भने आइतबार मलेसियासँग खेल्नेछ ।
समूहका दुई शीर्ष टिमले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिमा सहभागिता जनाउनेछन् । भोलि प्रतियोगितामा सहभागी टिमसहित पत्रकार सम्मेलन हुनेछ ।