लमजुङमा दुर्घटना : २ को मृत्यु

 असोज १, २०७५ सोमबार १९:१७:१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– सवारी दुर्घटनामा परि बेसीशहर नगरपालिका–१, उदीपुरकी लक्ष्मी तामाङको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर राजेन्द्र अधिकारीका अनुसार सोमबार बिहान ९ बजेर ४० मिनेट जाँदा भोटेओडारबाट बेसीशहरतर्फ जाँदै गरेको ग १३ प ९००३ नम्बरको स्कुटरले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय लक्ष्मी तामाङको ज्यान गएको हो ।

‘स्कुटरको ठक्करबाट घाइते तामाङलाई उपचारका लागि जिल्ला सामुदायिक अस्पताल लगिएको थियो । तर ११ बजेर १७ मिनेट जाँदा उहाँको अस्पतालमै मृत्यु भयो’, उहाँले भन्नुभयो । उहाँका अनुसार स्कुटर र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

यसैगरी, गएको शनिबार आफै सवार बाइक दुर्घटनामा परि घाइते भएका युवा व्यवसायी प्रदीप मिश्रको सोमबार निधन भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–९, पैह्रेमा शनिबार उहाँ चढेको बा ७४ प २०१४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका २७ वर्षे मिश्रलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उहाँको छातीमा गम्भीर चोट लागेको र उपचारकै क्रममा सोमबार बिहान मिश्रको निधन भएको पारिवारिक श्रोतले बताएको छ । सुन्दरबजार नगरपालिका–७ मिश्रटार घर भएका मिश्र निर्माण व्यवसायी हुनुहुन्थ्यो ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • रसिला जाेशि

    Sept. 17, 2018, 9:04 p.m.

    जिन्दगी दुईदिनको चोला हो सबैलाई राम्रो गर्नु येदि सबैलाई राम्रो गर्न सकिदैन भने कसैलाई नराम्रो नगर्नु उहाहरुको आत्माले सान्ति पाओस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया