सन् २०२४ सम्म कतारले पाँच लाख विद्युतीय गाडी उत्पादन गर्ने

 असोज १, २०७५ सोमबार २०:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कतारले विद्युतीय गाडी उत्पादन गर्ने घोषणा गरेको छ ।

विद्युतीय गाडी उत्पादन गर्न नौ अर्ब अमेरिकी डलरको लगानीमा कारखाना स्थापना गर्ने कतारको योजना छ । विद्युतीय गाडी उत्पादन तथा कारखाना स्थापना गर्ने काम मध्यपूर्वमै पहिलो र नौलो हुने कतारी सञ्चारमाध्यमले जनाएका छन् ।

अबको पाँच वर्षभित्र उत्पादन सुरु गर्ने गरी कतार क्वालिटी कम्पनीले विद्युतीय गाडी उत्पादनको जिम्मा लिएको छ । कम्पनीका अध्यक्ष अलिविन नासिर अल मिस्नाडले सन् २०२४ सम्ममा पाँच लाख गाडी उत्पादन गर्ने योजना बनाएको पनि जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया