साउथ ह्याम्पटन र ब्राइटन २–२ गोलको बराबरीमा

 असोज २, २०७५ मंगलबार ७:५६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटन र ब्राइटन २–२ गोलको बराबरीमा रोकिएका छन् । गएराति भएको खेलमा २–० ले पछि परेको अवस्थमा ब्राइटन खेलमा फर्किएको हो । ३५औं मिनेटमा पेरेइमिल होगबर्गले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १ गोलले अग्रता बनाएको साउथ ह्याम्पटनले ६५औं मिनेटमा डेनी इंग्सिले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए । तर २–० ले पछि परेको ब्राइटनले २ मिनेट पछिनै १ गोल फर्काएको थियो । ६७ औं मिनेटमा ब्राइटनका लागि साने डफिले गोल गर्दै खेलमा फर्काएका थिए । 

त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा ब्राइटनले पेनाल्टी मार्फत बराबरी गोल गरेको थियो । ग्लेन मुर्रेले पेनाल्टी माफर्तत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । प्रिमियर लिगमा साउथ ह्याम्पटन १३ औं तथा ब्राइटन १५औं स्थानमा छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया