ला लिगा : सेल्टा डी भिगोलाई हराउँदै जिरोना छैटौं स्थानमा

 असोज २, २०७५ मंगलबार ८:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा जिरोना विजयी भएको छ । सोमबार रातिको खेलमा सेल्टा डी भिगोलाई ३–२ गोल अन्तरले पराजित गर्दै जिरोना तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित भए पनि सेल्टा डी भिगो चौथो स्थानमा यथावत रहेको छ ।

जिरोनाका लागि क्रिष्टियन रिकार्डोले २ तथा पेड्रो गुरिडोले १ गोल गरेका थिए । सेल्टाका लागि इगो स्पास र सोफिने बुुफालले एक एक गोल गरेका थिए । जिरोनाका लागि २२ औं मिनेटमा क्रिष्टियन रिकार्डोले गोल गर्दै अग्रता दिलाएका थिए । 

तर ३४ औं मिनेटमा सेल्टाका लागि इगो स्पासले गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए । त्यसको ३ मिनेट पछिनै पेड्रो गुरिडोले गोल गर्दै जिरोनालाई पुनः २–१ को अग्रता दिलाउन सफल भए । पहिलो हाफमा २–१ ले अघि रहेको जिरोनाका लागि ५६औं मिनेटमा रिकार्डोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै ३–१ अवस्थामा पुर्याएका थिए ।

८७ औं मिनेटमा सोफिने बुफालले गोल गर्दै सेल्टाको दुरी ३–२ मा ल्याए पनि हार टार्न भने सकेनन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया