पर्यटक गाइड र भरियालाई कुपन अनिवार्य

 असोज २, २०७५ मंगलबार ८:४१:३५ | किरण लोहनी
unn.prixa.net

गोरखा – मनास्लु संरक्षण क्षेत्र जाने पर्यटकका पथप्रदर्शक र भरियाले कुपन लिएर मात्रै खाना खान पाउने भएका छन् । पर्यटकसँगै जाने गाइड र भरीयाले पैसा नतिरी खाना माग्ने गरेपछि व्यवसायमा घाटा परेको भन्दै यो क्षेत्रका होटल व्यवसायीले कुपनको व्यवस्था गरेका हुन् । 

व्यवसायीहरुले मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उप–समिति नै गठन गरेर कुपन बिना खाना नदिने व्यवस्था गरेको उपसमिति संयोजक गणेश कार्कीले बताउनुभयो । मनास्लु संरक्षण क्षेत्रको  प्रवेशद्धार मानिने सिर्दिवासको जगत चेकपोष्टबाट भरिया र गाइडलाई पैदल यात्रा अवधिभरका लागि कुपन दिइनेछ । कुपनका लागि उनीहरुले एक पटकको खानाको २ सय रुपैयाँका दरले त्यही चेकपोष्टमा शुल्क बुझाउनु पर्नेछ । 

पर्यटक लिएर गएका गाइड र भरियाहरु निशुल्क खाने बस्ने गर्दा घाटा परेकाले स्थानीय होटल व्यवसायीहरु संगठित भएर कुपनको व्यवस्था गर्ने निर्णय गरेका हुन् । औसतमा वर्षमा झण्डै  १० हजार भरिया र गाइड मनास्लु संरक्षण क्षेत्र पुग्ने गरेका छन् ।  भरिया र गाइडलाई कुपन दिन र रकम उठाउनका लागि जगतपोष्ट काउन्टरमा दुईजना कर्मचारी राखिएको छ ।  


 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Phurinji Sherpa

    Sept. 18, 2018, 11:30 a.m.

    पैसा नतिरी खान माग्ने भन्ने कुरो अलि बुजेर लेख्नु भए राम्रो हुने थियो कि हुन त यो नौलो बिषय हैन अन्नपूर्ण छेत्र सबै तिर यस्तै ब्यबस्था छ र हामि सम्पुर्ण कम्पनि वाला हरुले पैसा पाठाए कै हो यसमा हामि कम्पनि वाल हरुलाई कुनै समस्या छैन. जगत किन तल आरुघाट बजार मै राखे पनि समस्या भने हुदैन.

  •  0 Reply

तपाईको प्रतिक्रिया