एनसेलको विशेष अफर : माइ फाइभ सेवा र आइफ्लिक्स डेटा प्याकमा भारी छुट

 असोज २, २०७५ मंगलबार ९:१२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  एनसेल प्राइभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।  जस अन्तर्गत ग्राहकहरुले आकर्षक छुटसहितको दरमा ‘माइ फाइभ र आइ फ्लिक्स’ सेवा प्रयोग गर्न सक्नेछन् ।
 
एनसेलका ग्राहकहरुले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिन सम्म संचालनमा रहनेछ ।

यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अब मात्र रु ५ (कर बाहेक) मा माइफाइभ सेवा सुचारु गरी एनसेलका पाँचओटा नम्बरमा मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्नेछन् । अहिले भैरहेको शुल्कमा माइफाइभ सेवा सुचारु गर्न प्रति महिना कर बाहेक २० रुपैयाँ र माइफाइभ नम्बरहरुमा कुरा गर्न प्रति मिनेट ९९ पैसा (कर बाहेक) लाग्दै आइरहेको छ ।

एनसेलका प्रिपेड ग्राहकले ‘एस्ट्रिक्स५५८८ह्यास’ डायल गरी अफर अन्तर्गत एक महिनाका लागि माइफाइभ सेवा सुचारु गर्न सक्छन् । प्रत्येक महिना स्वतः नविकरण हुने गरी माईफाइभ सेवा लिन चाहने ग्राहकले ‘एस्ट्रिक्स५५९९ह्यास’ डायल गरी यो सेवा सुचारु गर्न सक्छन् । पाँच वटा नम्बरहरु माइफाइभ सर्कलमा राखेपछि नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक रु ५ शुल्क लाग्नेछ । 
 
संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि शुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आइफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ । यस अन्र्तगत ग्राहकले अब आइफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकहरु मध्ये कुनै पनि प्याक कर बाहेक मात्र रु १० मा सुचारु गर्न सक्छन् । विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याकहरु –– एक घण्टाको आइफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग) को दर कर बाहेक रु ४४.२५ रहेको थियो । 
 
एनसेलका ग्राहकले अब आइफ्लिक्सका यी डेटा प्याक मात्र रु १० (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टहरुको मनोरञ्जन लिन सक्नेछन् । आइफ्लिक्स एक इन्टरनेट टिभी सेवा हो जसको बृहत अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताहरुले चर्चित तथा आफूलाई मनपर्ने सिनेमा, टिभी शो तथा अन्य धेरै कन्टेन्टहरु अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन् । 
 
संविधान दिवसको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक छुट योजना ल्याउन पाएकोमा कम्पनी हर्षित भएको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई अझ शुलभ दरमा आफ्ना साथिभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन र सूचना, जानकारी दिने तथा मनोरञ्जनको लागि भिडियो कन्टेन्टको पहुँचलाई सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया