बल्ल आउने भयो बंगबन्धुको बाँकी पुरस्कार रकम

 असोज २, २०७५ मंगलबार १०:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अघिल्लो संस्करणको बंगबन्धु गोल्डकप फुटबलको पुरस्कारबापतको २५ हजार अमेरिकी डलर अर्को हप्तासम्ममा अखिल नेपाल फुटबल संघ एन्फाले पाउने भएको छ । 

बंगबन्धु गोल्डकपको उपाधि जितेवापत ५० हजार अमेरिकी डलर पाउनुपर्नेमा आयोजकले अहिलेसम्म २५ हजार डलर मात्र उपलब्ध गराएकोमा बाँकी रकम अर्को हप्तासम्ममा उपलब्ध गराउने भएको हो । 

नेपालले बाँकी रकम नदिए यसपटकको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने सम्भावना कम मात्र रहेको बताएपछि अर्को हप्ताको शुक्रबारसम्ममा बाँकी रकम एन्फाको खातामा आउने भएको एन्फाका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई भेटेर बंगलादेश फुटबल एशाेसिएसनका पदाधिकारीले आउँदो शुक्रबारसम्म बाँकी रकम पठाउने प्रतिवद्धता जनाएको थापाले जानकारी दिनुभयो । 

थापाले साफ च्याम्पियनसिप फुटबलका बेला बंगलादेशी टेलिभिजनमा पुरस्कारको बाँकी रकम नपाए यस वर्षको बंगबन्धु गोल्डकपमा नेपाल सहभागि हुने सम्भावना कम मात्र भएको अन्तर्वार्ता दिनुभएको थियो । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया