नेपालगञ्ज गोल्डकप : एपीएफलाई पराजित गर्दै नेपालगञ्ज ११ को विजयी सुरुवात

 जेठ २१, २०७५ सोमबार १९:५१:४८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको खजूरामा सोमबारदेखि सुरु भएको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आयोजक नेपालगञ्ज–११ ले विजयी सुरुवात गरेको छ ।

खजूराको डी गाउँस्थित खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा एपीएफलाई २ गोलले हराउँदै आयोजक नेपालगञ्ज–११ ले विजयी सुरुवात गरेको हो ।
नेपालगञ्जका तर्फबाट बिक्रमसिंह ठकुरीले खेलको चौथो मिनेटमा गोल गरेका थिए भने ४४ औं मिनेटमा बिमल रानाले थप एक गोल गर्दै अग्रता फराकिलो बनाएका थिए ।

खेलमा म्यान अफ द म्याच ठकुरीलाई मोबाइल प्रदान गरियो । प्रतियोगिता अन्तर्गत मङ्गलबार  सीएमजी संकटा र सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुने छ । 

७५ लाख राशीको लागतमा  हुने २८ प्रतियोगितामा नेपालगञ्ज ११, लाली रुपन्देही ११, सुदूपश्चिम ११, सशस्त्र प्रहरीको एपीएफ, फ्रेण्डस क्लब ललितपुर र सीएमजी संकटा क्लब गरी ६ समूहको सहभागिता रहेको  आयोजक बाँके जिल्ला फुटवल सङ्घका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।

प्रतियोगिताको समापन जेठ २६ गते हुनेछ ।  प्रतियोगितामा प्रथम हुनेले ५ लाख, दोस्रो हुनेले दुई लाख ५१ हजार रुपैयाँ पुरस्कार दिइनेछ । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई मोबाइल प्रदान गरिने भएको छ । प्रतियोगिताका उत्कृष्ट किपर, डिफेण्डर, मिडफिल्डर, रक्षक र स्ट्राइकरलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया