प्रियंका चोपडा पाँच वर्षको उमेरदेखि दम रोगकाे बिरामी

 असोज २, २०७५ मंगलबार १३:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड तथा हलिउडमा आफ्नो अभिनयका कारण संसारभर चर्चित अभिनेत्री प्रियंका चोपडा पाँच वर्षको उमेरदेखि एउटा रोगसँग संघर्ष गरिरहेकी छिन् । 
यस रोगको खुलासा प्रियंका स्वयमले ट्वीटरमार्फत गरेकी छिन् ।

प्रियंका चोपडा पाँच वर्षकी हुँदा दम रोग लागेको थियो । उनले भनेकी छिन, ‘दम एक रोग हाे, यसलाई लुकाएर राख्नु आवश्यक छैन ।’  ट्वीटरमा उनले एउटा भिडियो पनि शेयर गरेकी छिन् ।

भिडियोमा उनले भनेकी छिन–‘म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु । मेरी आमाले मलाई धेरै सहयोग गर्नुभयो । ‘पहिले मलाई मानिसरुल धेरै औषधी सेवन गर्नुहुँदैन, पछि औषधी खाने बानी बस्छ भन्थे ।

त्यसपछि मैले औषधि लिन बन्द गरें र इन्हेलर प्रयोग गर्न थालें, प्रियंकाले थपिन्, ‘यो औषधीहरुभन्दा राम्रो हुन्छ ।  मेरो नजिकका धेरैलाई मलाई दम छ भन्ने थाहा छ । मैले यसलाई कहिले पनि लुकाउने कोशिश गरिनँ ।’

प्रियंकाले अगाडि भनेकी छिन् ‘कैयौं पटक जब म स्टेजमा प्रस्तुति दिइरहेकी हुन्छु वा धुलोधुवाँ वरपर हुन्छु त्यसबेला मलाई इन्हेलरको आवश्यकता पर्दछ । त्यतिबेला मेरो वरिपरिका व्यक्तिहरुले मलाई दम रोग छ भन्ने थाहा पाउँछन् । तर मैले आफूलाई सम्हाल्दै मेरो कामलाई सुचारु गर्थे त्यसैले मेरो काममा बीचैमा कहिलेपनि रोकिएन । त्यसैले आज म यहाँसम्म आइपुगे ।’

केही समय अघि प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ छोडेर मिडियामा चर्चाको विषय बनेकी थिइन् भने त्यसपछि उनका प्रेमी निक जोनसका साथ इन्गेजमेन्ट गरेर चर्चा बटुलेकी थिइन् । 

प्रियंकाका प्रेमी निक जोनस पनि मधुमेह रोगी हुन् । निक जोनस पनि मधुमेह रोगको औषधीको विज्ञापनमा काम गर्छन् । प्रियंकाको दम रोगीले प्रयोग गर्ने इन्हेलरकोे विज्ञापनको भिडियो हालै मुम्बईमा छायाँकन गरिएको हो । प्रियंका र निक यतिबेला विवाहको तयारीमा व्यस्त छन् । यो जोडी छिट्टै नै विवाह बन्धनमा बाँधिनेछ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया