विवादका कारण हुलाकी सडक निर्माण ठप्प

 असोज २, २०७५ मंगलबार १६:४२:५२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेमा निर्माणाधीन हुलाकी सडकको निर्माण कार्य रोकिएको छ ।

सीमाङ्कन विवादका कारण वैशाखदेखि राप्ती पारिको मटेहिया  क्षेत्रमा सडक निर्माण कार्य रोकिएको हो । नेपाल सरकारको आन्तरिक लगानीमा हुलाकी सडक आयोजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण सुरु गरेको हो ।

निर्माण कार्य ०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समय सीमा रहेको छ । आयोजना, निर्माण कम्पनी र स्थानीय जग्गाधनीहरुबीच नक्सांकनकै विवादले वैशाखदेखि निर्माण कार्य ठप्प भएको हो ।

बाँकेको राप्ती पारि जीर्ण सडक भएका कारण वर्षायाममा भारतीय बाटो भएर सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता अहिले पनि रहेको छ । भारत सरकारले निर्माण गर्ने भनेको हुलाकी सडकमा लामो समयसम्म निर्माण कार्यले गति नलिएपछि नेपाल सरकार आफैले निर्माण गर्न लागेको हो ।

हुलाकी राजमार्ग अन्तगर्त नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा सडक खण्डमा सर्भे र नापी भए पनि त्यहाँ विपरित सडक निर्माण कार्य गर्न लागिएको भन्दै विवाद भएको हो । हुलाकी राजमार्गको पूर्व र पश्चिमतर्फ सडक ग्राबेल बनिसकेको छ भने अवरोधले त्यो खण्डको ३ सय मिटर बाटो खाल्डा खुल्डीकै स्थितिमा छ । निर्माण रोकिएपछि सहज आवात जावतमा समस्या परेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया