यू–१९ एकदिवसीय क्रिकेटमा नेपाल चौथो

 असोज २, २०७५ मंगलबार १७:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भारतको लखनउमा भएको यू–१९, एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल चौथो भएको छ ।

तेस्रो स्थानको प्लेअफमा अफगानिस्तानसँग ७१ रनले पराजित भएपछि चार टोली सहभागी प्रतियोगितामा नेपाल चौथो भएको हो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको नेपाल ४५ ओभरमा १ सय ७३ रनमा अलआउट भयो । नेपालका कुनै पनि खेलाडीले २५ रन कटाउन सकेनन् ।

नेपालका लागि आशिफ शेख र लोकेश बलमे २५–२५ रनको योगदान दिँदा अरुण ऐरीले २४, पवन सर्राफले २३, सुदिप जोराले १८, भिम शार्कीले १६ तथा रित गौतमले १४ रन जोडे । बाँकी खेलाडी सस्तैमा समेटिए । नेपाललाई सस्तैमा समेट्नका लागि रियाज हसनले चार विकेट लिए भने रिजवानुल्लाहले दुई विकेट हात पारे ।

अफगानिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको थियो । उसका लागि रियाज हसनले शतकीय पारी खेल्दै ११६ रन बनाएर नट आउट रहे । १ सय ४९ बल खेलेका हसनले १२ चौका तथा २ छक्का प्रहार गरेका थिए । बसिर खानले ३२, आरिफ खानले २४ तथा इजाज अहमदले १९ रन जोडेका थिए ।

नेपालका पवन शर्राफ, सागर ढकाल र मोहम्मद समसेदले समान दुई–दुई विकेट लिएका थिए भने रसिद खानले १ विकेट लिए । प्रतियोगितामा भारतका दुईसहित अफगानिस्तान र नेपालको यू–१९ टिमको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया