‘धूम ३’ लाई सेन्सर बोर्डले दियो पिजी सर्टिसिकेट

 असोज २, २०७५ मंगलबार १७:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको चलचित्र ‘धूम ३’ ले पिजी सर्टिफिकेट पाएको छ ।

आउँदो शुक्रबारदेखि अल नेपाल रिलिजको तयारीमा रहेको यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको हो । जसले गर्दा १६ वर्ष मुनिका दर्शकहरुले यो चलचित्र हेर्न जाँदा अभिभावकसहित जानु पर्ने भएको छ ।

जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘धूम ३’ को प्रस्तुतकर्तामा जाहन्बी बस्नेत र ब्रबिम बस्नेत रहेका छन् भने टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायाँकन, हिमाल केसीको द्वन्द, तुलसी बाँस्कोटाको सम्पादन एवम् जय किशन बस्नेत र शिव बिकको नृत्य निर्देशन रहेको छ ।

हजारौंको संख्यामा ट्रोलहरु बनाएर सामाजिक सञ्जालहरुमा व्यापक चर्चा बटुलिरहेको यस चलचित्रमा जयक किशन बस्नेतसहित एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम के.सी., सपनाश्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारहरुले अभिनय गरेको छ ।

अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र ‘धूम २’ ले समेत सोचेको भन्दा राम्रो व्यापार गरेकोले ‘धूम ३’ बाट अझ धेरै आशावादी भएको नायक तथा निर्देशक बस्नेतले बताएका छन् ।

‘काल्पनिक नाटकीय ढर्राभन्दा पनि मानवीय जिवनका यथार्थ दैनिकीमा आधारित रहेर चलचित्रको निर्माण गरिएकोले आम दर्शकहरुले चलचित्रलाई माया गर्नु हुनेछ’, नायक बस्नेतले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया