सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजक पल्सर मोटरसाइकल

 असोज २, २०७५ मंगलबार १९:१७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आउँदो असोज १३ देखि काठमाडौंमा सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि हंसराज एण्ड हुलासचन्दको पल्सर मोटरसाइकलले मुख्य प्रायोजन गर्ने भएको छ ।

मंगलबार आयोजित कार्यक्रममा एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटबल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्धक निर्देशक  राज हुमागाईंबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौता अनुसार पल्सर आउँदो तीन वर्षसम्मका लागि त्यस लिगमा अनुबन्ध हुनेछ । सम्झौता रकम भने खुलाइएको छैन ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया