गण्डकी प्रदेश चौथो ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्वार्टर फाइनलमा

 असोज २, २०७५ मंगलबार २०:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - गण्डकी प्रदेश चौथो ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ ।

गोंगबुकाे नयाँ बसपार्कको कोर्टमा भएको खेलमा पाल्पालाई ३–० को सोझो सेटमा हराउँदै गण्डकीले अन्तिम आठमा स्थान बनाएको हो । पाल्पालाई खेलभरी नै दबाबमा राखेको गण्डकीले २५–१८, २५–१६ र २५–२१ को जित निकालेको थियो ।

पहिलो खेलमा पाल्पा विजयी भएको थियो । पाल्पाले धादिङलाई ३–० कै सोझो सेटमा  हराएकाे थियो । पाल्पाले धादिङमाथि २५–८, २५–११ र २५–१८ को जित निकालेको थियो । अर्को खेलमा ढोपाटन प्रशिक्षण क्लबले एन्जल हर्ट स्कुललाई २५–१६, २५–१८ र २५–१६ ले हरायो । अर्को खेलमा बडिगार्ड क्लबले सुर्योदय क्लबलाई २५–१९, २५–१६, २२–२५ र २५–२३ ले पराजित गर्‍यो ।

यस्तै थ्रीस्टार क्लबले सुर्यदिप कलेजलाई २५–१६, २५–१३ र २५–१५ ले पराजित गर्‍याे।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया