रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किए

 जेठ २२, २०७५ मंगलबार ७:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन् । रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रेमीकासँगको डेटिङमा रहेका रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षण शिविरमा फर्किएका हुन् । विश्वकप अघि पोर्चुगलले विहिबार अल्जेरीयासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । 

रोनाल्डोले अहिलेसम्म राष्ट्रिय जर्सिमा लगातार सात प्रतियोगितामा देशका लागि गोल गरेका छन । पोर्चुगलले जुन १५ मा स्पेनसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यो समूहमा मोरक्को र इरान पनि छन् ।

युरोकपको उपाधि विजेता पोर्चुगललाई यसपटक विश्वकपमा बलियो टिमका रुपमा हेरिएको छ । पछिल्ला तीन विश्वकप र चार युरोपियन च्याम्पियनसिपमा रोनाल्डोले पोर्चुगलका लागि प्रेरणादायी प्रदर्शन गरेका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया