मेसीको ह्याट्रिक, बार्सिलोनाको शानदार जित

 असोज ३, २०७५ बुधबार ७:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले विजयी भएको छ । बार्सिलानोका स्टार खेलाडी लियोनल मेसीको ह्याट्रिकको मद्दतले पीएसभी ४–० गोल अन्तरले पराजित भएको हो । मेसीले मंगलबार रातिको खेलमा करियरकै ४८औं ह्याट्रिक गर्दा अर्को एक गोल डेम्बेलेले गरेका थिए ।

पहिलो हाफको ३१ आंै मिनेटमा फ्रीकिकमार्फत मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा डेम्बेलेले गोल गर्र्दै बार्सालाई २–० को अवस्थामा पुुर्याएका थिए ।  इभान राकिटिकको पासमा ७७ औ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेका थिए । 

बार्साका स्यामुयल उम्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए पछि १० खेलाडीमा सिमित भए पनि कप्तान मेसीले ह्याट्रिक पूरा गर्न कुनै कसर बाँकी राखेनन् । मेसीले ८७ औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । समूह बी कै अर्को  खेलमा इन्टर मिलानले टोटेनहमलाई २–१ ले हराएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया