कालो दिवस मनाउने तयारीमा रहेका सिके राउतका ५० जना कार्यकर्ता पक्राउ

 असोज ३, २०७५ बुधबार १०:३३:३८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा संविधानको विरोधमा कालो दिवस मनाउने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धनका ५० जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरको विभिन्न स्थानबाट डा. सिके राउतको कार्यकर्ताहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

अलग मधेशको माग गर्दै आन्दोलनरत्त डा. सिके राउत नेतृत्वको गठबन्धनले आज संविधान दिवसको अवसरमा जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेका छन् । पूर्व घोषित कार्यक्रम अन्तर्गत डा. सिके राउतले आज मनाउने भनेको कालो दिवस कार्यक्रम असफल पार्न प्रहरीले पहिलादेखि नै सुरक्षा व्यवस्था कडा गरेको छ । त्यस्तै राउतका कार्यकर्ता माथि निगरानी बढाएको छ भने डा. राउतलाईसमेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

बाह्रविघा मैदानमा भव्यताका साथ कालो दिवस मनाउन स्वतन्त्र मधेश गठबन्धनले ‘चलु जनकपुर , भरु जनकपुर ’ नारा दिँदै व्यापक प्रचार प्रसार गर्दै आएका छन् ।   

अन्तिम अपडेट: चैत १, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया