मलेसियन रिंगिट र दिनारको भाउ बढ्यो, रियाल र दिर्हाम पनि उकालो लाग्दै

 असोज ३, २०७५ बुधबार १०:४३:५३ | उज्यालो सहकर्मी

काठमाडौं – बुधबार मलेसियन रिंगिट, दिनार र साउदी रियालको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ र बिक्रिदर ३२ रुपैयाँ १५ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रिदर २८ रुपैयाँ २६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३५ र बिक्रिदर १० रुपैयाँ ४१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ६२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०८ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३ सय १० रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया