अन्धविश्वासले ज्यान गयो, आश्रम खोलेर झारफुक गर्दै आएका ओम बाबा पक्राउ

 असोज ३, २०७५ बुधबार ११:८:४८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा–१४ मा आश्रम खोलेर बिरामीको झारफुक गर्दै आएका ओम बाबालाई प्रहरीले पक्राउ गरेको छ । आश्रममा उपचार गराउन जाँदा मृत्यु भएकी हेटौंडा–११ बस्ने सावित्री पुडासैनीको परिवारको जाहेरीका आधारमा ओम बाबालाई प्रहरीले पक्राउ गरेको हो । 

बाबाले उपचार गराउँछु भन्दै गम्भीर विरामीलाई आश्रममा दुई दिनसम्म राखेपछि पुडासैनीको ज्यान गएको थियो । उनी बेहोस भएको अवस्थामा पनि बाबाले छिट्टै निको हुन्छ भन्दै झारफुक गरिरहे । उनलाई अस्पताल लैजान पनि दिएनन् र उनको मृत्यु भयो । त्यही परिवारको जाहेरीका आधारमा बाबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताउनुभयो ।

पीडित पक्षले आश्रममा सावित्रीको मृत्यु भएको भन्दै प्रहरीलाई घटनाको जानकारी गराएको थियो । तर, प्रहरीले घटना थाहा पाएर पनि अनुसन्धानमा आनाकानी गरी पीडितसँग जाहेरी लिनै नमानेको पिडीत परिवारले बताएका छन् । पीडित पक्षले घटनाको बारेमा सबैतिर जानकारी गराएपछि बल्ल मात्रै प्रहरीले जाहेरी लिन मानेको थियो ।

ओम बाबालाई प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया