मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु भएकाको शव नेपाल पठाउने तयारी हुँदै

 असोज ३, २०७५ बुधबार ११:३५:४० | उज्यालो सहकर्मी

शुनाखरी मगर/मलेसिया ।

मलेसिया – मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ । 

मलेसियाको समय अनुसार सोमबार बेलुकी पाँच बजेदेखि बुधबार बिहान ९ बजेसम्म ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । १६ जना नेपाली बिरामी भएका छन् । 

ज्यान गुमाउनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेका दूतावासले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • laxmi

    Sept. 19, 2018, 2:02 p.m.

    मध्यपान रोकथाम गर्न परदेशमा परिवारको मुख्य भुमिका हुनुपर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया