अहिलेको संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज हो : प्रधानमन्त्री

 असोज ३, २०७५ बुधबार १२:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताउनु भएको छ ।

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भएको अवसरमा बिहान काठमाडौंको टुँडिखेलमा भएको विशेष कार्यक्रममा उहाँले नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताउनुभयो । 

उहाँले संविधान चित्त नबुझे संशोधन हुने तर यही वाहानामा अराजक गतिविधि नगर्न र नगराउन आग्रह गर्नुभयो ।  प्रधानमन्त्री ओलीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नागरिकको आकांक्षा र आशा समेटेकाले असन्तुष्टिलाई छलफल मार्फत टुंग्याउनु पर्ने बताउनुभयो । 

बुधबार बिहान भएको विशेष कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया