कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
बलिउडका सुपरस्टार सलमान खानले उनका बहिनी ज्वाईँ आयूष शर्माको फिल्म लवरात्रीको नाम परिवर्तन गरेका छन् । सलमान स्वयमले यस फिल्मको नाम परिवर्तन भएको कुरा उनको ट्वीटरमार्फत जानकारी दिएका छन् । अब यस फिल्मको नाम ‘लवयात्री’ राखिएको छ । यस फिल्मको नामलाई लिएर धेरै विरोधहरु भइरहेका थिए ।
सलमानले यस फिल्मको नाम लबरात्रि राखेर हिन्दु धर्मावलम्बीहरुको भावनामा ठेस पुर्याउन खोजेको आरोप लागिरहेको थियो । भारतको विहारस्थित मुजफ्फरपुरको एक अदालतले धार्मिक भावनालाई ठेस पुर्याउन खोजेको भन्दै सलमान माथि केस दर्ता गर्ने आदेश दिएको थियो । सलमान माथि अश्लिलता फैलाउन खोजेको आरोप पनि लगाइएको थियो ।
सलमानले ट्वीटरमा यस फिल्मको नयाँ पोस्टर रिलिज गर्दै लेखेका छन् ‘यसमा कुनै पनि स्पेलिङ गलत भएको छैन ।’
— Salman Khan (@BeingSalmanKhan) September 18, 2018
केहि दिन अघि यस फिल्मको नामलाई लिएर भएको विवादमा सलमानले एक कार्यक्रममा भनेका थिए कि ‘यो फिल्म एक प्रेम कहानीमा आधारित छ । तर केही व्यक्तिहरुलाई यस नाम प्रति आपत्ति छ । यस फिल्मका माध्यमबाट कुनै पनि धर्मलाई होच्याउन खोजिएको छैन ।’
तर चर्को विवादपछि सलमानले अन्ततः यस फिल्मको नाम परिवर्तन गर्नु परेको छ । फिल्म ‘लवयात्री’ २०१८ को अक्टुबर ५ मा रिलिज हुनेछ । प्रेम कहानीमा आधारित यस फिल्ममा सलमान खानका बहिनी ज्वाईँ आयुष शर्मा प्रमुख भूमिकामा छन भने उनको जोडीको रुपमा अभिनेत्री वरीना हसेन छिन् ।