राजनैतिक दलका युवा संगठनले माइतीघर मण्डलामा ठड्याए नेपालको झण्डा

 असोज ३, २०७५ बुधबार १५:१९:२८ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रमुख राजनैतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झण्डा राखेका छन् । 

युवा संगठनहरुले संविधान दिवशको अवसर परेर नेपालको राष्ट्रिय झन्डा राखेका हुन् । नेकपाका युवा संघ र वाईसीएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराउने नयाँ संरचनामा झण्डोत्तलन पनि भएको छ ।

१ सय फिट लामो स्टीलको पोल गाडी झन्डै ३० फीट लामो झन्डा फहराइएको छ । यस अघि पनि नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते शहिद दिवसको अवशर परेर  १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा राखेको थियो ।

तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा झण्डोत्तलन गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया