आज दिनभर पानी पर्ने

 जेठ २२, २०७५ मंगलबार ८:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । नेपालमा मनसुन भित्रन लागेको र पश्चिमी वायुको प्रभावका कारण मंगलबार झरी पर्ने सम्भावना रहेको मौसमविद् विभूती पोख्रेलले बताउनुभयो । 

उहाँका अनुसार अबको केही दिन मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन । सामान्यतया जुन १० तारिखमा मनसुन सुरु हुन्छ । मनसुन सुरु हुनु एकहप्ता अघिदेखि झरी पर्ने भएकाले यो यसकै संकेत भएको उहाँले जानकारी दिनुभयो । 

प्रि मनसुनको अन्तिम समय भएकाले पनि अब झरी सुरु हुने उहाँले बताउनुभयो । सामान्यतया प्रि मनसुनको अन्तिम समयमा मनसुनमा जस्तै वर्षा हुने गर्दछ ।  

 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया