कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
काठमाडौं – वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ केही समयदेखि अस्पतालमा थिए । करिब ४ वर्षअघि उनको पार्किनसन्सको अप्रेसन गरिएको थियो ।
ठिक त्यही रोग पुनः देखिएपछि उनको दोस्रो पटक मष्तिस्कको सफल शल्यक्रिया भएको छ ।
काठमाडौंको माइतीघर नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा गत भदौ २८ गते भर्ना भएका थिए । डिप ब्रेन स्टुमुलेसन (डीबीएस) शल्यक्रियापछि उनी हिजो असोज २ गते घर फर्केका छन् ।
अस्पतालका डा. रेशा श्रेष्ठ र डा. बसन्त पन्तले शल्यक्रिया गरेका थिए । पार्किन्सन्स रोगबाट पीडित श्रेष्ठको चार वर्षअघि मस्तिष्कको बायाँतर्फ चिप्स राखिएकोमा अहिले शल्यक्रिया गरी दायाँ साइडमा पनि राखिएको हो । यस शल्यक्रियाले ८ वर्षसम्म काम गर्ने र त्यसपछि भने पुनः त्यसको ब्याट्री परिवर्तन गर्नुपर्ने बताइएको छ ।
शल्यक्रियापश्चात उनी पहिलेको तुलनामा निकै फुर्तिला देखिएका थिए । अस्पतालमा उपस्थित सबैलाई उनी आफैले हँसाइरहेका थिए । उनको त्यस अवस्थामा पनि देखिएको अटुट मुस्कानका कारण कसैलाई पनि उनि बिमारी भएको महसुुुुस नै हुँदैन थियो । उनी भनिरहेका थिए, ‘म बिरामी भएको छैन, शल्यक्रियापश्चात पहिलेको भन्दा झन तगडा भएको छु । मलाई त डिस्चार्ज भएकै दिन गीत रेकर्ड गराउन जान मन थियो तर किन यसरी आत्तिहाल्नु भनेर गइनँ ।’
उनको मस्तिष्कको बायाँतर्फ राखिएको चिप्सले शरीरको दायाँ भाग चल्ने गरेको छ । तर बायाँतर्फ पनि समस्या आएपछि अहिले दायाँतर्फ चिप्स राखिएको हो । अब भने दायाँ भागमा राखिएको चिप्सले बायाँतर्फ र बायाँ भागमा राखिएको चिप्सले दायाँतर्फको काम गर्छ ।
पार्किन्सन्स नियन्त्रणका लागि उनको दिमागमा राखिएको पेसमेकरमा अर्को तार पनि जोडिएको छ । श्रेष्ठ ९ वर्षदेखि पार्किन्सन्सबाट पीडित छन् । यो शल्यक्रिया नेपालमै पहिलोपटक श्रेष्ठमा गरिएको बताइएको छ ।
श्रेष्ठ भन्छन्, ‘नेपाल स्वास्थ्य क्षेत्रमा धेरै अघि बढिसकेको छ । हामीलाई हामैै्र देशको स्वास्थ्य संस्थासँग विश्वास नभएर मात्र विदेश जाने हो तर अवसर पाए नेपाल मै ठूला रोगहरुलाई नियन्त्रण गर्न सक्षम डाक्टरहरु छन् । उदाहरणका निम्ति मेरै रोग हेरौँ । मैले दुवै पटकको शल्यक्रिया यहीँ गरेको हूँ र म सफल भइसकेँ ।’
मह जोडीले निर्माण गर्न लागेको चलचित्र दालभात तरकारी मा मदनकृृष्ण श्रेष्ठको मुख्य भूमिका रहने छ । केही समयको आराम श्चात त्यसै चलचित्रको तयारीमा लाग्ने श्रेष्ठको भनाई रहेको छ ।
-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा