वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बुधबार चीन प्रस्थान गर्नुभएको छ ।
शाही मुख्यमन्त्री निर्वाचित भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका लागि ३ सदस्यीय टोलीसहित चीन प्रस्थान गर्नुभएको हो ।
मुख्यमन्त्री शाही बुधबार बिहान साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीन जानु भएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
भ्रमण टोलीमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश सभा सदस्य धर्मराज रेग्मी, प्रदेश सरकारका विज्ञ सिरेड नेपालका अध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मी पनि सहभागी हुनुहुन्छ ।
मुख्यमन्त्री शाहीको भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि वातावरण बनाउने विषयमा केन्द्रीकृत हुनेछ । भ्रमणका क्रममा कर्णाली प्रदेशको हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि चाइना हाइवे कम्पनीसँग छलफल गर्ने र प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम र द्विदेशीय सीमा नाका निर्माण, जलविद्युत विकास, पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गरिने पनि मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
चीनको सिचुआन प्रान्तका गभर्नर यिन लीको औपचारिक निमन्त्रणामा ६ दिनका लागि चीन जानु भएका शाही पश्चिम चीन अन्तराष्ट्रिय मेलामा पनि सहभागी हुनुहुनेछ ।
उहाँले आफू चीन जाँदा आन्तरिक कामिला तथा कानुन मन्त्री भण्डारीलाई कार्यवाहक मुख्यमन्त्रीको अख्तियारी दिनुभएको छ ।