फोरमले सरकारमा गएर ठूलो गल्ती गरेको ठाकुरको आरोप

 असोज ३, २०७५ बुधबार १७:५१:२० | जयनारायण यादव

बारा – राष्ट्रिय जनता पार्टी(राजपा) सदस्य मण्डलका संयोजक महन्थ ठाकुरले वर्तमान संविधानले मधेसीलाई विदेशी सरह अधिकार मात्र दिएको आरोप लगाउनु भएको छ । 

कलैयाको भरतचौकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै संयोजक ठाकुरले संविधान संशोधन नभएसम्म मधेसले संविधानलाई मान्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान संविधानले पहाड र मधेश बीच साम्प्रदायिकता फैलाउने भन्दै यसतर्फ सचेत हुन सबैलाई आग्रह गर्नुभयो । 

ठाकुरले भन्नुभयो, ‘संविधानले पहाड र मधेसबीचमा ठूलो खाडल बनाएको छ ।’ संघीय समाजवादी फोरम सरकारमा गएर ठूलो गल्ती गरेको ठाकुरको आरोप छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया