बलात्कारको आरोपमा एक जना पुर्पक्षको लागि थुनामा

 असोज ३, २०७५ बुधबार १८:३९:५४ | केशवप्रसाद भट्टराई

ताप्लेजुङ - ताप्लेजुङमा बलात्कारको आरोपमा पक्राउ परेका मैवाखोला गाउँपालिका ६ का कमल थोप्रा (लिम्बु) लाई पुर्पक्षको लागि थुनामा राखिएको छ । 

२३ वर्षका लिम्बुले त्यसै गाउँपालिका निवासी नाम परिवर्तन १७ वर्षकी मायालाई जबजरजस्ती करणी गरेको उजुरी आएपछि पक्राउ परेका लिम्बुलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश लिएपछि कारागार चलान गरिएको हो । 

गएकाे भाद्र ४ गते साँझ ८.३० बजे मायालाई बलात्कार गरेको भनी माया सहित उनका बुबा नाम परिवर्तन डम्बरले सहित आएर भदौ  ६ गते जाहेरी दर्ता गराएका थिए । 
लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीको इजलासले पुर्पक्षको लागि थुनामा राख्न आदेश लिएको हो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया