३ दिने सहकारी विकास तथा व्यवस्थापन तालिमकाे उद्घाटन

 असोज ३, २०७५ बुधबार १९:४१:४० | उज्यालो सहकर्मी

काठमाडाैं - गरिबी निवारण कोषले काठमाडाैंमा अायाेजना गरेकाे ३ दिने सहकारी विकास तथा व्यवस्थापन तालिमकाे कोषका सञ्चालक समिति सदस्य नारायण कोइरालाले उदघाटन गर्नुभयो ।

उहाँले तालिमले कोषको सहयोगमा गठन भई  घुम्ती कोष सञ्चालन गरिरहेका सामूदायिक संस्थाहरुलाई सहकारीमा आवद्ध गराई दिगो विकास गर्ने क्रियाकलापहरु जिल्ला स्तरमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयाे । 

तालिममा सबै जिल्लाका कार्य प्रबन्धक, सचिवालय अधिकृत र कार्यक्रम सहायक सहित करिब ३५ जनाको सहभागिता रहेको थियो । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया