इंग्ल्याण्डका क्रिकेटर एलेस्टर कुककाे अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास
भदौ १८, २०७५ सोमवार
कालीकोट – नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्कीको ज्यान गएको छ । गाउँमै कुटपिटको घटना भएको र त्यसै क्रममा मनाको ज्यान गएको भन्ने प्रारम्भिक खबर आए पनि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र ज्यान जानुको कारण खुल्ने कालिकोटका प्रहरी निरीक्षक निरज चौलागाईँले जानकारी दिनुभयो ।
५६ वर्षकी मनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । गएको आइतबार ज्यान गुमाएकी मनाको शव पोष्टमार्टमका लागि साेमबार जिल्ला अस्पतालमा ल्याइपुर्याइएको हो ।
मनाको हत्या गरिएको दावी गर्दै उहाँका परिवारले प्रहरीमा उजुरी गर्ने तयारी गरेको बताएका छन् । मना स्थानीय तहको चुनावमा एमालेका तर्फबाट दलित महिला सदस्य कोटामा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
कालिकोटका पत्रकार मणिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।