एसिया कप : पाकिस्तानलाई भारतले ८ विकेटले हरायो

 असोज ३, २०७५ बुधबार २३:३४:२५ | एजेन्सी
unn.prixa.net

एसिया कप क्रिकेटमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । 

पाकिस्तानले दिएको १६३ रनको लक्ष्य भारतले २९ ओभरमा २ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

भारतलाई जिताउन रोहित शर्मा र शिखर धवनले उत्कृष्ट साझेदारी गरेका थिए । उनीहरुकाबीचमा ८६ रनको साझेदारी भएको थियो । रोहित शर्मा अर्धशतक बनाउँदै ५२ रनमा आउट भएका थिए । यसैगरी शिखर धवनले ४६रन बनाउँदा, अम्वाती रायुडु र दिनेश कार्तिक ३१–३१ रनमा नट आउट रहे ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १६२ रनमा अल आउट भएको थियो । पाकिस्तानलाई सस्तैमा रोक्ने क्रममा भारतका भुवनेश्वर कुमार र केदार जाधबले समान तीन–तीन विकेट लिएका थिए । ३ रन बनाउँदा २ विकेट गुमाएको पाकिस्तानले तेस्रो विकेट ८५ रन बनाउँदा गुमाएको थियो । सुरुवाति दुवै विकेट भुवनेश्वर कुमारले लिएका थिए ।

पाकिस्तानका बाबर आजम र सोहेब मलिकले ४७ र ४३ रन बनाउनु बाहेक अन्य ब्याट्समान भारतीय बलर सामू खुलेर खेल्न सकेनन् । अरु सात जना ब्याट्सम्यानले दोहोरो अंकको रन नबनाउँदा फहिम असरफले २१ रन बनाउँदा मोहमद अमिर १८ रनमा नट आउट रहे ।

१८औं ओभरमा आफ्नो स्पेलको पाँचो ओभर बलिङ गर्न आएका हार्दिक पाण्ड्या घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उनले ओभर समेत पूरा गर्न सकेनन् । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।


 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया