करेन्ट लागेर दाजुभाइको  मृत्यु

 जेठ २२, २०७५ मंगलबार ८:४७:३६ | उज्यालो सहकर्मी

धनुषा – जनकपुरमा करेन्ट लागेर एकै घरका दाजुभाइको घटनास्थलमै ज्यान गएको छ । ज्यान जानेमा जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी बस्ने बौका साहका २६ वर्षीय छोरा सुरेन्द्र साह र २४ वर्षीय विरेन्द्र साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ५ बजे आफ्नै घरमा दुवै दाजुभाइ विजुली मर्मत गरिरहेको बेला करेन्ट लागेर घटना स्थलमै ज्यान गएको पारिविरक स्रोतले जनाएको छ ।

मृतक दाजुभाईको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएकाे छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया