जीप र ट्रक ठोक्किँदा आगलागी

 जेठ २२, २०७५ मंगलबार ९:६:४२ | उज्यालो सहकर्मी

धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रक र बोलेरो जीप एकआपसमा ठोक्किदाँ ट्रकमा आगलागी भएको छ ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८७७० नम्बरको सिमेन्ट बोकेको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा १७ च १०९३ नम्बरको बोलेरो जीप ठोक्किएको हो ।

दुई सवारी साधन ठोक्किएपछि ट्रकको ट्याङकीबाट आगो सल्केर क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । स्थानीयको सहयोगमा एक घण्टापछि प्रहरीले आगलागी नियन्त्रण्मा लिएको थियो ।

दुर्घटनामा बोलेरो जीपमा रहेका तीन जना घाइते भएका छन् । घाइतेहरुको महादेवबेसी पोलिक्लिनिकमा उपचार भइरहेको छ । ट्रकका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया