कुटपिटका कारण एक जनाको ज्यान गयो, पाँच जना पक्राउ

 असोज ४, २०७५ बिहिबार १८:१५:४७ | दयाराम आचार्य

नवलपरासी – विनयी त्रिवेणी गाउँपालिका –१, मा आपसी विवादका कारण कुटपिट हुँदा एक जनाको ज्यान गएको छ ।

विनयी त्रिवेणी गाउँपालिका –१, मा रहेको बाग्लु¨ कालिका क्रसर उद्योग परिसरमा आपसी विवादका कारण कुटपिट भएको हो । आपसी विवादपछि कुटपिटका कारण  विनयी त्रिवेणी गाउँपालिका २ वस्ने अन्दाजी २५ वर्षीय रुपेश महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।  

कुटपिटका कारण गम्भीर घाइते हुनुभएका महतोको मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको हो । महतोको शव अहिले पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ ।
कु

टपिट गरी हत्या गरेको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक लामिछानेका अनुसार पक्राउ पर्नेमा वर्ष २२ का सुरज काउचा मगर, वर्ष ३४ का सन्तोषबहादुर थापा, १९ वर्षका सागर थापा, १९ वर्षका मनोज जंग कट्टेल र वर्ष २२ का दिपेन रोक्का रहेका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लामिछानेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २६, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया