अछामको साँफेबगरमा यातायात मजदुर र प्रहरीबीच झडप हुँदा असर्इसहित ३ जना घाइते

 असोज ४, २०७५ बिहिबार २०:१६:४४ | चन्द्र थापा

अछाम – अछाम जिल्लाको  साँफेबगरमा यातायात मजदुर र प्रहरीबीच झडप हुँदा असई ,प्रहरी जवान र एक जना यातायात मजदुर घाइते भएका छन् । 

प्रहरीलाई ढुंगामुढा गरेपछि भीडलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर र केही अश्रुग्यास प्रहार गरिएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो । 

आन्दोलनकारीहरुले अहिले इलाका प्रहरी कार्यालय साँफेबगर घेरिरहेको अछाम प्रहरीले बताएको छ । 

सदरमुकाम मंगलसेनमा सार्वजनिक यातायात बन्द गराउँदै हिँडेका ७ जना यातायात मजदुरहरुलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको थियो ।

बन्दले सदरमुकाम मंगलसेनसहित जिल्लाभरको सवारी आगमन प्रभावित भएको छ । सवारी नचलेका कारण यात्रुहरु गन्तव्य सम्म पुग्न नपाउँदा अलपत्र परेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया