कर्मचारी छनौटमा आफूलाई नपारेको भन्दै स्वास्थ्यचौकीमा तालाबन्दी

 असोज ४, २०७५ बिहिबार २०:३३:३५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीको पुर्चाैंडी नगरपालिका वडा नं–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा तालाबन्दी गरिएको छ । 

स्वास्थ्यचौकीमा सञ्चालनमा आउने तयारी भएको प्रयोगशालाका लागि नगरपालिकाले कर्मचारी छनौटमा आफूलाई नपारेको भन्दै त्यहाँका केही स्थानीयले स्वास्थ्यचौकीमा तालाबन्दी गरेको तल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमन्त साउदले जानकारी दिनुभयो । 

नगरपालिकाले ल्याब असिष्टेन्टका लागि दरबन्दी आह्वान गरेको र त्यस दरबन्दीमा स्थानीयलाई छनौट नगरेर बाहिरको मान्छे छनौट गरेको भन्दै ल्याब असिटेन्टका उम्मेदवार लोकेश कुमार भण्डारी र उनका सहयोगीले तालाबन्दी गरेको उहाँले बताउनुभयो । 

स्वास्थ्यचौकीमा दिउँसो १२ बजेतिर तालाबन्दी गरिएपछि कुनै सेवा प्रवाह गर्न नसकिएको इन्चार्ज साउदले बताउनुभयो ।

यता नगरपालिकाका उपप्रमुख जानकी बमले त्यहींका स्थानीयको आवेदन परे पनि आवश्यक कागजात नपुगेकोले नगरपालिकाले स्थानीयलाइ ल्याब कर्मचारीको रुपमा राख्न नसकेको प्रष्ट पार्नुभयो । 

नगर उपप्रमुख बमले नपरपालिका भित्रैको मान्छेलाइ कर्मचारीको रुपमा छनोट गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया