स्वर्गीय पत्रकार राजकुमार केसीको सम्झनामा शैक्षिक सामग्री वितरण

 जेठ २२, २०७५ मंगलबार १०:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – स्वर्गीय पत्रकार राजकुमार केसीको सम्झनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । राजकुमारकी छोरी उमा केसीले बुबाको सम्झनामा श्री कालिका देवी माध्यामिक विद्यालय देउरालीका ४० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

त्यही विद्यालयमा कक्षा सातसम्म अध्ययन गरेकी उमा केसीले बुबालाई गुमाएको समयमा आफूलाई कसैले एउटा कापी दिँदा पनि निकै सहयोग पुगेको स्मरण गर्दै सानो सहयोगले विद्यार्थीलाई हौसला मिलोस भनेरे शैक्षिक सामाग्री वितरण गर्दै आएको बताउनुभयो । 

पत्रकार केसीलगायत अरु ५ जनालाई २०५९ साल कार्तिक ७ गते तत्कालीन शाही नेपाली सेनाले रामेछापको भालुखोप डाँडामा गोली हानी हत्या गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया