निर्मलालाई न्यायका लागि सडकमा कविता

 असोज ५, २०७५ शुक्रबार ९:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायका निम्ति आज काठमाडौंमा कविता वाचन गरिंदैछ । क्याफे कविताले आयोजना गरेको न्यायका निम्ति कविता कार्यक्रममा १३ जना कविले काठमाडौंको बसन्तपुरमा कविता सुनाउनेछन् ।

कार्यक्रममा श्रवण मुकारुङ्ग, धिरेनद्र प्रेमर्षी, सकुन्तला जोशी, विमला तुम्खेवा, नवराज पराजुली, महेश पौड्याल, सौरभ कार्की, बाबु त्रिपाठी, लक्ष्मी रुम्बा, विना थिङ् तामाङ्ग, साम्राज्ञी आचार्य, मल्लिका खतिवडा र रीमा केशीले कविता प्रस्तुत गर्नेछन् । कार्यक्रम बसन्तपुर डबलीमा बेलुका ५ बजेपछि शुरु हुने आयोजक क्याफे कविताले जनाएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको २ महिना पुग्दा पनि अझै दोषी पक्राउ पर्न नसकेकाले तत्काल दोषीलाई पक्राउ गरि कारबाही गर्न र निर्मलालाई न्याय दिन दबाब दिन सडकमा कविता वाचन गर्न लागिएको आयोजकको भनाई छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया