गाडी नचल्दा यात्रु मर्कामा, दोब्बर भाडा असुली

 असोज ५, २०७५ शुक्रबार १०:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया –गाडी दुर्घटनामा यात्रुको ज्यान गए चालकले जेल जानुपर्ने कडा व्यवस्था गरिएको भन्दै चालकले गरेको आन्दोलनका कारण तीन दिनदेखि लामो तथा छोटो दूरीका गाडी नचल्दा यात्रु मर्कामा परेका छन् ।
 
चालकले मंगलबारदेखि आन्दोलनको घोषणा गरेपछि साँझ र बिहानमा लामो दूरीका गाडी फाट्टफुट्ट चले पनि छोटो दूरीका गाडी नचल्दा बाँके, बर्दियासहित पश्चिम क्षेत्रका यात्रुहरु मर्कामा परेका हुन् । गाडी नचल्दा राजमार्गसँगै सदरमुकाम जोडने हुलाकी सडक पनि सुनसान छन् ।

फाट्टफुट्ट रुपमा चलेका गाडीले पनि दोब्बर तेब्बर भाडा असुली गरेको यात्रुको गुनासो छ ।

पूर्व पश्चिम चल्ने गाडीले यात्रुबाट दोब्बर भन्दा बढी भाडा असुली गरेको गुनासो प्रहरीमा आएपछि प्रहरीले १६ जना यात्रुको बढी रकम फिर्ता दिलाएको छ । 

यात्रुबाट बढी रकम लिएको भे १ ज ६९४ नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय भुरीगाउँमा राखेर १६ जना यात्रुको रकम फिर्ता दिलाईएको र चालकलाई जरीवाना तिराईएको ईप्रका भुरीगाउँका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया