बहिनी अंशुला बिरामी भएपछि नेपालबाट भारत पुगे अर्जुन

 असोज ५, २०७५ शुक्रबार ११:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता अर्जुन कपूर बुवा बोनी कपूरले श्रीदेवीका साथ दोस्रो विवाह गरेपछि आमा र बहिनीका साथै छुट्टै बस्दै आइरहेका थिए । उनकी आमाको मृत्यु पश्चात बहिनी अंशुलालाई अर्जुनले आमा र बुवा दुबैको माया दिएर राखेका छन् । उनी कामलाई भन्दा पनि आफ्नो परिवारलाई धेरै प्राथमिकता दिन्छन् ।

अर्जुन कपूर आफ्नो फिल्मको छायाँकंनको काम बीचैमा छोडेर घर फर्किएका छन । उनकी बहिना अंशुला कपूर बिरामी भएको खबर सुन्नासाथ अर्जुन कपूर फिल्मको काम बीचैमा छोडेर फर्किएका हुन् । 

अर्जुन कपूर यतिबेला राज कुमार गुप्ताको स्पाइ थ्रिलर फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को छायांकनमा ब्यस्त थिए । यस फिल्मको छायांकनको काम नेपालमा चलिरहेको थियो । तर उनी अहिले फिल्म छोडेर मुम्बई फर्किएका छन् । 

अर्जुनलाई अचानक मुम्बई फर्किनुपर्ने भएपछि प्रोडक्शन टिमले पनि सहयोग गरेको छ । अर्जुनले सुरु गरेको छायाँकंनको काम एक दिन अघि नै सक्काइदिएको थियो । 

अहिले अर्जुनकी बहिनी अंशुला अस्पतालबाट घर फर्किसकेकी छिन् । अर्जुन बहिनीको हेरचाह गरिरहेका छन् । अर्जुन कपूर अर्को साता फेरि नेपाल फर्किएर उनको बाँकी रहेको छायांकनको काम पूरा गर्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया