नेपालगञ्ज गोल्डकप : अाज सुदूरपश्चिम –११ र फ्रेण्ड्स क्लब खेल्ने

 जेठ २२, २०७५ मंगलबार ११:६:४६ | उज्यालो सहकर्मी

बाँके, जेठ २२ –  बाँकेको खजूरामा भैरहेको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार सुदूरपश्चिम–११ र फ्रेण्ड्स क्लब ललितपुरबीच खेल हुनेछ ।

खजूराको डि गाउँमा रहेको खेल मैदानमा ४ बजे खेल सुरु हुनेछ । सोमबार भएको उद्घाटन खेलमा एपीएफलाई शून्यका विरुद्ध २ गोलको अन्तरले पराजित गर्दै आयोजक नेपालगञ्ज–११ ले विजयी सुरुवात गरेको छ ।

७५ लाख राशीको लागतमा  हुने २८ प्रतियोगितामा नेपालगञ्ज ११, लाली रुपन्देही ११, सुदूरपश्चिम ११, सशस्त्र प्रहरीको एपीएफ, फ्रेण्डस क्लब ललितपुर र सीएमजी संकटा क्लब गरी ६ समूहको सहभागिता रहेको  छ ।  
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया