मृगौला बचाऔं अभियान टोली रामेछापमा

 असोज ५, २०७५ शुक्रबार १५:२६:१५ | दीपक भट्ट

रामेछाप – पछिल्लो समयमा मृगौला रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ मृगौला बचाऔं अभियान टोली रामेछापमा आइपुगेको छ । 

वरिष्ठ मृगौला विशेषज्ञ डा.ऋषीराज काफ्लेको नेतृत्वमा शुक्रबार मन्थली आइपुगेको विशेषज्ञको टोलीले मृगौला बचाऔं अभियान कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेको थियो । 

अभियानले स्थानीय तामाकोशी सहकारी अस्पतालमा आयोजित सरोकारवालाहरुसँगको छलफलमा नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार र प्रशस्त पानीको सेवन नै मृगौला बचाउ अभियानको  मूल आधार भएको जानकारी गराएको थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.काफ्लेले हरेक वर्ष नेपालमा मृगौला रोगीहरुको संख्या बढिरहेको भन्दै देशमा सरदर २५ देखि ३० लाख व्यक्तिमा मृगौलाको समस्या देखिएको बताउनुभयो । 

यस खालको समस्यालाई न्यूनीकरण गर्न आम नेपालीहरुको दायित्व भएको भन्दै उहाँले ३ लाख व्यक्तिहरुको मृगौला भने बिग्रिरहेको दावी गर्नुभयो । 

आफू रामेछापको सालुमा जन्मिएका कारण पनि मृगौला बचाऔं अभियानको कार्यक्रम पहिलो चरणमा रामेछापबाटै आरम्भ भएको पनि डा. काफ्लेले बताउनुभयो । 

अभियान अन्तर्गत पहिलो चरणमा ५ सय रुपैयाँ नगद बुझाएर सदस्य बन्न सकिने र त्यसवाट उठेको रकमलाई मेची महाकालीका विपन्न बस्तीहरुसम्म पुर्याइने जानकारी पनि डा.काफ्ले गराउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया