सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्विरोध

 असोज ५, २०७५ शुक्रबार १५:४२:५७ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्विरोध निर्वाचित हुनु भएको छ । 

सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा भरतकुमार शाहलाई निर्विरोध चयन गरेको हो । एक जनाको मात्रै उम्मेदवारी परेकाले शाह सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य शरतसिंह भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच, नवनिर्वाचित सभापति शाहले मुलुकमा बढ्दो बेरुजु घटाउने कामलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समितिको क्षेत्राधिकारभित्र रहेर मुलुकमा आर्थिक अनियमिता हुन नदिन सरकारमाथि कडा निगरानी राख्ने योजना पनि सार्वजनिक गर्नुभयो ।

सार्वजनिक लेखा समितिका नवनिर्वाचित सभापति शाह प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया