मौनता श्रेष्ठको कथामा चलचित्र ‘मेरो आफ्नो’ बन्दै

 असोज ५, २०७५ शुक्रबार २०:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - चलचित्र ‘मेरो आफ्नो’को शुभ साइत गरिएको छ । 

राजु अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्रको शुक्रबार भद्रकाली मन्दिरमा शुभ साइत गरिएको हो । 

चलचित्रको छायाँकन चितवन तथा मनाङमा गर्ने बताइएको छ । असोज ७ गतेबाट चलचित्रको छायाँकन सुरु गर्ने तयारी भइरहेको निर्देशक अधिकारीले बताउनुभयो । 

चलचित्र ‘मेरो आफ्नो’को कथा मौनता श्रेष्ठको लेखेका हुन् । पारिवारिक कथावस्तुलाई आधार बनाएर निर्माण हुन लागेको लचित्र ‘मेरो आफ्नो’मा हिमाल केसीको द्वन्द्व रहने छ भने पवन गौतमको छायाँकन रहने छ ।

चलचित्र ‘मेरो आफ्नो’ ओम साईभक्त मुभिजको ब्यानरमा निर्माण हुन लागेको हो । यसमा श्रीराम बरालको प्रस्तुति रहने छ । चलचित्र बसन्त शर्मा र मात्रिका बजिमयको निर्माणमा बन्नलागेको हो । 

चलचित्रमा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठसँगै बालकलाकारमा अरुण कलिराजको समेत अभिनय रहनेछ । केवलजंग कुँवरले यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन् । 

चलचित्र २०७६ को असोजमा रिलिज गर्ने भनिए पनि रिलिज डेट भने तोकिएको छैन ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया