मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या ७ पुग्यो, १२ जनाको उपचार हुँदै

 असोज ५, २०७५ शुक्रबार २१:२२:३० | उज्यालो सहकर्मी

काठमाडौं - मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या सात पुगेको छ । मलेसियामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुसार सिकिस्त बिरामी भएका नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको उपचारका क्रममा ज्यान गएको हो ।

यसअघि धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घलेको ज्यान गएको थियो ।

विषाक्त रक्सीका कारण बिरामी भएका १२ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । बिरामी भएका अरु पाँचजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भैसकेका पनि नेपाली दूतावासले जानकारी दिएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवन गर्नेहरुमा टाउको दुख्ने, बान्ता हुने, पखाला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिंगटा लाग्ने, छिटो छिटो श्वास बढ्ने जस्ता लक्षण देखिएको थियो ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया