अमेरिकाको मेरिल्याण्डमा भएको गोलीकाण्डमा पर्वतकी ४१ वर्षीया गिरीको ज्यान गयो

 असोज ६, २०७५ शनिबार ८:४७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली महिला भएको प्रहरीले जनाएको छ ।  

गोली लागेर ज्यान गुमाउनेमा पर्वत घर भएकी ४१ वर्षीया वृन्दा गिरी रहेकी छिन् । त्यस्तै गोली लागेर घाइते हुनेमा पूर्ण आचार्य रहेका छन् । घाइते आचार्यको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मृतक गिरी साढे पाँच महिना अघि मात्र अमेरिका आएकी उनको आफन्तले जनाएका छन् । उनका १४ वर्षीया छोरी र ११ वर्षीय छोरा रहेको अमेरिकाबाट सञ्चालन हुने नेपलिज डायस्पोरा डट कमले जनाएको छ । 

बाल्टिमोरभन्दा ३५ माइल उत्तर पूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको वितरण केन्द्रभित्र बिहीबार गोली चलेको थियो । केन्द्रमा पार्ट टाइम काम गर्ने २६ वर्षीया महिला स्नोचिया मोज्लीले गोली चलाएको प्रहरीले जनाएको छ । 

अरुलाई गोली हानेर उनले आफैलाई पनि गोली हानेको र उपचारका क्रममा अस्पतालमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । 
 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया