बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

 असोज ६, २०७५ शनिबार ९:११:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – बालिका बलात्कार गरेको अभियोग पाँचथरमा एक जना पक्राउ परेका छन् ।

हिलिहाङ गाउँपालिकाकी एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम श्रीअन्तुका ५० वर्षीय विनोद गुरुङ पक्राउ परेका हुन् । 

गएको मँगलबार घाँस काटन जङ्गल गएकी बालिकालाई जबरजस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । 

प्रहरीमा उजुरी परेपछि फरार रहेका गुरुङलाई शुक्रबार जिल्लाको फाल्गुनन्द गाउँपालिकाबाट फाक्तेप प्रहरीले पक्राउ गरेको हो । पक्राउ व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया